फिफाका पूर्व कार्यकारी महासचिवलाई जरिवाना र प्रतिबन्ध



 ज्युरिच, एजेन्सी ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्व कार्यकारी महासचिव मार्कुस काटनेरलाई जरिवाना र प्रतिबन्ध लगाएको छ ।

फिफाले रकम अनियमितता गरेको आरोपमा काटनेरलाई १० बर्षको प्रतिबन्धका साथै एक दशलमव ६ मिलियन डलर जरिवाना पनि लगाएको छ ।

स्विट्जरल्याण्डस्थित फिफाको मुख्यालयमा काम गरेका काटनेरले नाफाको रकम बाँडफाँड गरेको आरोपमा फिफाले कारवाही गरेको हो । फिफाको इथिक्स कमिटीले काटनेरलाई ‘कन्फ्ल्कि्ट अफ इन्ट्रेस्ट’ का आधारमा काम गरेको भन्दै सजाय सुनाएको छ ।

फिफाको आन्तरिक अनुसन्धानले सन् २०१६ मा तत्कालिन अध्यक्ष सेप ब्लाटर र महासचिव जेरोमी भाल्केसँग मिलेर उनले पनि मोटो हिनामिना गरेको प्रमाणित भएको छ ।

जर्मनी र स्विट्जरल्याण्डको नागरिकता रहेका काटनेरले सन् २००३ मा फाइनान्स डाइरेक्टरका रुपमा फिफामा प्रवेश गरेका थिए । चार बर्षपछि उनी फिफाको डेपुटी सेक्रेटरी जनरल बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्