संसदीय समितिबाट पारित ऐन विरुद्ध नासुहरु आन्दोलनमा



न्युज अफ नेपाल, काठमाडौं ।
हालै संसदीय समितिले पारित गरेको निजामती सेवा ऐन विरुद्ध नायब सुब्बाहरु आन्दोलनमा उत्रेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेको ऐनले नासुहरु आन्दोलनमा उत्रिएका हुन् ।

ऐनले नासुहरुको घाँटी निमोट्ने काम भएको उनीहरुको ठहर छ । उनीहरुले सिंहदरबारभित्रैबाट आन्दोलन थालेका छन् । तृतीय श्रेणी शाखा अधिकृत सरहको पदपूर्तिमा ५० प्रतिशत खुल्ला, ३० प्रतिशत बढुवा र २० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनु पर्ने माग उनीहरुको छ ।

कुनै पनि साविकको पदबाट अधिकतम १२ वर्षसम्म पनि बढुवा नभएमा स्वतः बढुवा प्रणालीबाट पदपूर्ति गरेर मात्र खुलातर्फ विज्ञापन गर्नुपर्ने माग पनि उनीहरुले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्