राखेपका पूर्व सदस्य सचिव सिंहको निधन


न्युज अफ नेपाल, काठमाडौँ । 

राष्ट्रिय खेलकुद परिषद राखेपका पूर्व सदस्य सचिव राजबहादुर सिंहको निधन भएको छ ।

सिंहको ८८ वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित निवासमा शुक्रबार राति निधन भएको हो । सिंह लामो समयदेखि रोगले ग्रसित थिए । २०४८ देखि २०५० सालसम्म राखेपको जिम्मेवारी सम्हालेका उनी राखेपको सातौं सदस्य सचिव थिए ।

फुटबल खेलसँग सम्बन्धित सिंहले काठमाडौं खेल मन्डल र विधा व्यायामबाट पनि खेलेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।