प्यूठानका थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २११ पुग्यो


न्युज अफ नेपाल, प्यूठान ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा प्यूठानका थप २० जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै जिल्लामामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ सय ११ जना पुगेको स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्शन पुस्कल श्रेष्ठले जानकारी दिए ।उनका अनुसार ऐरावती गाउँपालिकाका १६ र र प्युठान नगरपालीकाका ४ जनामा शुक्रबार कोरोना सँक्रमण देखिएको हो।

स‌ँक्रमितहरु सवै पुरुष हुन। उनिहरु १४ देखी ५७ बर्ष उमेर समुहका छन्। जिल्ला भर निको भई २ जना घर फर्किएका छन्। अन्यको स्थानिय आईसोलेशनमा उपचार भईरहेको छ। उनिहरुको स्वास्थ्य अबस्था पनि सामान्य रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।