साना होटल व्यवसायीद्वारा विभेद भएको गुनासो



काठमाडौं, (नेस)

कोरोना संक्रमण न्यूनीकरणका लागि लागू गरिएको बन्दाबन्दीका कारण व्यवसाय धराशयी हु“दा पनि सरकारले बेवास्ता गरेको भन्दै साना होटल व्यवसायीहरूको संगठन होटल व्यवसायी महासंघ नेपालले सरकारको ध्यानकर्षण गराएको छ ।

महासंघले सरकारसमक्ष विभिन्न १४ वटा माग राख्दै तत्काल पूरा गर्न आग्रह गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आफ्ना माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।

महासंघले तीनवटै तहका सरकारले पर्यटन व्यवसायस“ग सम्बन्धित राजस्वसम्बन्धी नीति नियम तर्जुमा गर्दा आफ्नो मातहतका निकायको प्रतिनिधित्व गराउनसमेत माग गरेको छ ।

त्यस्तै घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनीको बैंक ऋणको ब्याजमा सहुलियत दिनसमेत महासंघको माग छ ।

तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महसुलमा एक वर्षसम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, एकवर्षको व्यवसाय कर तथा राजस्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि दुई वर्ष थप्नुपर्ने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, होटललाई क्वारेन्टाइनका रुपमा प्रयोग गराउन र सुरक्षा सावधानी अपनाएर होटल खोल्ने व्यवस्था गर्नुपर्ने माग पनि महासंघले अगाडि सारेको छ ।

पत्रकार सम्मेलनान महासंघका अध्यक्ष हीराध्वज शाहले सरकारले तारे होटल र साना होटलबीच विभेद गरेको आरोप लगाउनुभयो ।

उहाँले साना होटलले विदेशबाट आउनेलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न विनाशुल्क होटल दिन तयार रहँदासमेत तारे होटलमा मह“गो शुल्क तिर्न बाध्य पारिएको भन्दै विदेशबाट आउनेको इच्छाअनुसार सस्तो दरका होटलमा क्वारेन्टाइन बस्न पाउने गरी व्यवस्थापन गर्नसमेत माग गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्