सुशान्तको पछिल्लो ६ महिनादेखिको ट्विट गायब ? कसले हटाए सुशान्तको ट्विट ?

प्रहरी अनुसन्धानको सुई सुशान्तको ट्विटरमा



न्युज अफ नेपाल, काठमाडौं ।

भारतीय चलचित्रका अभिनेता सुशान्तसिहं राजपुतको आत्महत्याको घटनालाई लिएर मुम्बई प्रहरीले अनुसन्धान गरिरहेको छ। यसबीचमा धेरै जनासँग प्रहरीले सोधपुछ गरिसकेको छ ।

उनको मृत्युको विषयलाई लिएर प्रहरीले सुशान्तको घरमा काम गर्नेदेखि उनकी कथित गलफ्रेण्ड रिया चक्रवर्ती, सिद्धार्थ पिटानी लगायत साथीहरु, उनको अन्तिम फिल्मका निर्देशक मुकेश छाब्रा लगायतलाई सोधपुछ गरेको छ ।

पोष्टमार्टम रिपोर्ट आएपछि उनको हत्या हुन सक्ने शंका हटेको छ । रिपोर्टमा झुण्डिएर आत्महत्या गरेको उल्लेख छ । तर पनि प्रहरीको शंका अझै हटेको छैन । प्रहरीले आफ्नो अनुसन्धानको सुई सुशान्तको ट्विटर तिर सोझ्याएको छ । सुशान्तको केही ट्विट डिलिट भएकोमा प्रहरीलाई शंका लागिरहेको छ ।

सुशान्तको ट्विटरमा ६ महिनादेखि ट्विट भएको छैन । २७ डिसेम्बर २०१९ सम्ममात्रै सुशान्तको ट्विट छ । ६ महिना यता उनले ट्विट नै नगरेको हो कि ?, ट्विट हटाईएको हो कि ? भन्ने आशंका तथा आत्महत्यासँग जोडिएको अन्य क्लु खोज्न प्रहरीले पछिल्लो ६ महिना यताका ट्विटको विवरण मागेको छ । प्रहरीले ट्विटरलाई पत्र पठाईसकेको छ ।

१४ जुनमा सुशान्त मुम्बईस्थित आफ्नै आवासमा उनको शब फेला परेको थियो । उनको भोलिपल्टै अन्तिम सँस्कार गरिसकेको छ ।
स्रोतः पिंकभिल्ला

प्रतिक्रिया दिनुहोस्