कोरोना संक्रमणका कारण स्याङ्जाका ५५ वर्षीय पुरुषको मृत्यु


भूपराज बस्याल, स्याङ्जा ।

गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजाको आँधीखोला गाँउपालिका सिरुवारीका पुरुषको निधन भएको हो । असार ८ गते अस्पताल भर्ना भएका ५५ बर्षका ती पुरुषको गएराती निधन भएको प्रतिष्ठानले जनाएको छ ।

मृतकमा कोभिड १९ संक्रमण सँगै सिभियर न्युमोनिया,मधुमेह रोगको समेत समस्या रहेको प्रतिष्ठानले निकालेको बिज्ञप्तीमा उल्लेख छ ।

यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या २ पुगेको छ । गण्डकीमा ज्यान गुमाउने संक्रमित दुवै जना स्याङजाका हुन् ।यसअघि वालिङ ३ का ५८ बर्षका संक्रमितको पोखरामा नै मृत्यु भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।