मेलम्चीको एक प्रतिशत मात्रै काम बाँकी



न्युज अफ नेपाल, काठमाडौं ।

खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको भौतिक प्रगति अन्तिम चरणमा पुगेको बताउँदै मेलम्ची तोकिएको समयमै आउने आश्वास्त पार्नुभयो । उहाँलेअसार मसान्तमा मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने बताउनु भएको छ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति बैठकमा मन्त्री मगरले भौतिक निर्माणतर्फ १ प्रतिशतमात्रै काम बाँकी रहेको समेत जानकारी दिनुभयो ।  उल्लेख गर्दै असार मसान्तमा सुन्दरीजलमा पानी आइपुग्ने बताएकी हुन् ।

अस्थायी डाइभर्सनमार्फत सुन्दरीजलमा पानी ल्याउन लक्ष्य अनुसार भौतिक पूर्वाधारको काम ९९ प्रतिशत सकिएको उहाँले दाबी गर्नुभयो ।
‘असार मसान्तमा टेष्टिङ र नयाँ आर्थिक वर्षमा व्यवस्थित ढंगले वितरण प्रकृया अगाडि बढ्छ ।’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्