चार स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कर्णालीमा अस्पताल सिल



न्युज अफ नेपाल, जुम्ला ।
अस्पतालमा खटिएका ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल सिल गरिएको छ ।

फरक फरक डिपार्टमेन्टमा काम गर्ने ४ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएकाले अस्पताल सिल गरिएको कर्णाली प्रतिष्ठान अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा मंगल रावलले मंगलबार राती नतिजा पोजेटिभ देखिएपछि पदाधिकारी बैठक बसेर अस्पताल सिल गर्ने निर्णय गरिएको बताउनुभयो ।

यससँगै अस्पतालको बहिरंग सेवा (ओपीडी) समेत ठप्प भएको छ । उनीहरुलाई हाल आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्