गुगलको नया टुल, जसले नक्कली फोटो र भिडियोमा रोक लगाउँछ



न्युज अफ नेपाल, काठमाडौं ।
नक्कली फोटो र भिडियोमा रोक लगाउनका लागि सर्च इन्जिन गुगलले नयाँ टुल ल्याएको छ ।

नक्कली फोटो र भिडियोको पहिचान गर्न गुगलले सर्च टुल सुरु गरेको जनाएको छ । त्यसका लागि तथ्य जाँच्ने नया मार्कर जोडिएको छ । जुन गुगल सर्च रिजल्टसँगैको फोटोमा देख्न सकिनेछ ।

सर्च रिजल्टको तथ्य जाँच्न प्रत्येक दिन ११ लाख बढी पटक हुने गुगलले जनाएको छ । गुगलमा फोटो खोज्ने क्रममा फोटोको मुनि तथ्य जाँच्ने लेबल देखिनेछ, ।

जुन फोटोको मुनि थम्बनेल जस्तै देखिनेछ । धेरै पटक गलत फोटो र भिडियोका कारण अनाहकमा मानिसहरुले समस्या झेल्नु परिरहेको भन्दै यस्तो गर्नु परेको गुगलले जनाएको छ । अब बास्तविक फोटो तथा भिडियो मात्रै गुगलले राख्नेछ ।

प्रतिक्रिया दिनुहोस्