अमेरिकाले छिट्टै कोरोनाको भ्याक्सिन पाउने ट्रम्पको दाबी



न्युज अफ नेपाल, काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको भ्याक्सिन छिट्टै प्राप्त हुने दाबी गरेका छन् । उनी सहभागी भएका एक चुनावी र्‍यालीमा सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

‘हामीले छिट्टै एउटा भ्याक्सिन पाउँदैछौं, हामीले अमेरिकी सेनाको तागत देखाइदिएका छौं।’, उनले भने। यसक्रममा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा उनको सरकारले गरेका कामहरूको विवरणसमेत पेस गरेका थिए।

उनले विरामीहरूलाई बचाउन भेन्टिलेटरको कमी हुन नदिएको बताउँदै न्यू योर्कमा आफ्नो सरकारले अस्पताल बनाएको भएपनि प्रयोग नगरेको बताए।

प्रतिक्रिया दिनुहोस्