जाेकाेभिचलाई काेराेना संक्रमण



लन्डन, एजेन्सी ।

सर्वियन टेनिस स्टार नोभाक जोकोभिचलाई कारोना संक्रमण भएको छ । जोकोभिचले आफ्नो आधिकारीक ट्विटरमा आफुलाई कारोना संक्रमण भएको खुलासा गरेका हुन् । उनले आफु र आफ्नी पत्निको नतिजा पोजेटिभ आएको तर बच्चाहरुको नेगेटिभ आएको बताए ।

उनकै अगुवाईमा बेलग्रेडमा भएको एड्रिया टुर टेनिस प्रतियोगितामा सहभागी भएका अरु दुई खेलाडीमा पनि कोरोना देखिएपछि जोकोभिचले पनि परिक्षण गरेका थिए ।

जसमा उनमा पनि पोजेटिभ आएको छ । उनले नै नेतृत्व गरेको टेनिस प्रतियोगिता खेलेका अरु दुई जना खेलाडीमा पनि कोरोना देखिएको थियो ।

कोरोनाका बेला यस्तो प्रतियोगिता गर्दा खेलाडीमा पोजेटिभ देखिएको र यसको जिम्मा जोकोभिचले लिनुपर्ने भन्दै विभिन्न खेलाडीले आलोचना गरेका थिए ।

बेलग्रेडमा भएको सो प्रतियोगितापछि खेलाडी र केहि साथीहरुले पार्टी गरेका थिए । जसमा उनीहरुले नाचगान पनि गरेका थिए । तर अहिले त्यसमा सहभागि भएको तीन जना खेलाडीमा कोरोना देखिएको छ ।

जोकोभिचले एक विज्ञेप्ती निकाल्दै राम्रो कामका लागि प्रतियोगिता गरेको तर अन्तिममा खराब भएको बताए । यसअघि सोही प्रतियोगितामा सहभागी भएका अर्का चर्चित बुल्गेरियन टेनिस स्टार ग्रिगोर दिमित्रोभले पनि इन्स्टाग्राम मार्फत् अाफुलाई कोरोना संक्रमण भएको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्