नोबेल पुरस्कार दिनुपर्छ भन्दै रामदेवको खिल्लि उडाइयाे



काठमाडाैँ ।

सामाजिक सन्जालमा भारतीय योगगुरु बाबा रामदेवको खिल्लि उडाइएकाे छ । पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको कोरोना निको पार्ने औषधी ‘कोरोनिल’ को दाबी २४ घण्टा नबित्दै प्रतिबन्धमा परे पछि बाबा रामदेवको खिल्लि उडाइएकाे हाे ।

बाबा आइन्स्टेइन्डदेवलाई पहिलो एन्टी कोविड १९ औषधीको आविष्कारको लागि नोबेल पुरस्कार दिइनु पर्छ भन्ने जस्ता पोस्टरहरु बनाउदैँ उनको खिल्ली उडाइएको छ ।

मन्त्रालयले कम्पनीलाई यस किसिमको औषधी राम्रोसँग अध्ययन अनुसन्धान भइनसकेको जनाएको थियाे । पतञ्जलीले कोरोना उपचारका लागि भनेर बाहिर ल्याएको औषधीको वैज्ञानिक अध्ययन नभएको समेत मन्त्रालयले जनाएको छ ।

उक्त कम्पनीसँग मन्त्रालयले औषधीबारे सम्पूर्ण प्रमाणहरु (पूर्ण जानकारी) ल्याउन समेत निर्देशन दिएको छ । मन्त्रालयले औषधीबारे पूर्ण जानकारी दिन र औषधीमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ ।

मन्त्रालयले भनेको छ–‘औषधीमा सबै प्रकारका परीक्षण नगरी अर्को आदेश नहुञ्जलेसम्मका लागि प्रतिबन्ध भएको जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्