एन्टी मिसाईल लिन रुस उडे भारतीय रक्षामन्त्री



न्युज अफ नेपाल, काठमाडौं ।
भारत–चीन तनावका बीच भारतीय रक्षामन्त्री राजनाथ सिंह सोमबार तीन दिनका लागि रुस हिँडेका छन् ।

छिमेकी मुलुकसँग सिमा विवादलाई लिएर भएको झडपले तनाव भईरहेको अबस्थामा रक्षामन्त्री सिंहको यस भ्रमणलाई विशेष रुपमा हेरिएको छ । रुससँग भारतले खरिद गर्ने भनिएको एस–४०० ट्रायम्फ एन्टी मिसाईल सिस्टम चाँडै ल्याउन यस भ्रमण भएको हुन सक्ने आँकलन छ ।

भ्रमणमा निस्कनु अघि टुइटरमा टुईट गर्दै रक्षामन्त्री सिंहले भने–‘रुसको यात्राको दौरान भारत–रुसको बीच रक्षा र रणनीतिक साझेदारीलाई मजबुत बनाउन वार्ता हुनेछ ।’

रुस भ्रमणमा रक्षा सचिव अजय कुमार पनि साथमा रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्