१६ जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह



न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं सहित विभिन्न १६ जिल्लामा भारी वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल काठमाडौं सहित सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, सिन्धुली, चितवन, गोरखा, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङजा, बर्दियामा भारी वर्षा भईरहेको छ ।

त्यस्तै बाढी पूर्वानुमान महाशाखाले यी जिल्ला आसपास केही स्थानमा मध्ययम देखि भारी वर्षा भईरहेकोले जिल्लाका स–साना खोलाहरुमा बहाब बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्न सक्ने संभावना रहेकोले तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्