हिल्सा नाकामा सशस्त्रको बीओपी



न्युज अफ नेपाल, काठमाडौं ।
चिन जोडिएकोहुम्लाको हिल्सा नाका सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ। समुद्री सतहबाट तीन हजार ४४० मिटर उचाईमा रहेको नाम्खा गाउँपालिका ५ हिल्सामा बीओपी स्थापना भएको हो ।

त्यहाँ स्थापित बीओपीको शनिबार मात्रै उद्घाटन भएको छ। हुम्लास्थित ४४ नम्बर गुल्मले हिल्सामा इन्सपेक्टरको कमाण्डमा २३ जना खटाएका हुन् । हिल्सा नाका हुँदै मानसरोवर जाने एक मात्र मार्ग हो।

प्रतिक्रिया दिनुहोस्