काठमाडौं नयाँबजारकी ६४ बर्षीय महिलामा कोरोना ‘पोजेटिभ’


न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं महानगरपालिका -१७ नयाँबजारकी ६४ बर्षीय महिलामा कोरोना ‘पोजेटिभ’ देखिएको छ । नयाँबजारस्थित खुसिबुकी ती महिलाको बुधबार टेकु अस्पतालमा स्वाब संकलन गरिएको थियो ।

आज उक्त स्वाब परीक्षणका क्रममा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित महिलाको हाल पाटन अस्पतालमा उपचार भईरहेको छ ।

स्वास्थ्य अवस्था सामान्य देखिएपनि टेकु अस्पतालले नै उनलाई पाटन अस्पताल रिफर गरेको हो ।यद्यपी यसको आधिकारिक पुष्टि भने स्वास्थ्य मन्त्रालयले गर्न बाँकी छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।