एनएलजी इन्स्योरेन्सद्वारा ६ करोड ५१ लाख कर भुक्तान



न्युज अफ नेपाल, काठमाडौं ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन र चैतको मूल्य अभिवृद्धि कर बापत ३ करोड १९ लाख, अनुमानित करको दोस्रो किस्ता ३ करोड र अग्रिम कर कट्टी वापत ३२ लाख २३ हजार १ हजार रुपैयाँ गरी कुल ६ करोड ५१ लाख २५ हजार २८१ रुपैयाँ कर तिरेको छ ।

महामारीको बेलामा सरकारलाई सहयोग गर्नुपर्ने बताउँदै तोकिएको समयभन्दा अघि नै कर तिरेको एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले बताएका छन् । सर्वोच्च अदालतले भने लकडाउन समाप्त भएको एक महिनापछि मात्र करदातासँग कर लिन सरकारलाई आदेश दिएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले भने अप्ठेरो परिस्थिती रहेकाले सहयोग स्वरुप स्वेच्छिक रूपमा सरकारलाई ठूलो मात्रमा कर बुझाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्