भारत-चीन भिडन्तमा २० भारतीय सैनिकको मृत्यु,प्रधानमन्त्री मोदी तनावमा

मृतक ३ सैनिकको सनाखत



  • न्युज अफ नेपाल,काठमाडौं।

विवादास्पद काश्मिर क्षेत्रको लद्धाखमा चिनिया फौजसंगको भिडन्तमा २० जना भारतीय सेनाको ज्यान गएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी उच्चस्तरीय परामर्शमा जुटेका छन् । सोमवार राति भएको सो भिडन्तमा भारतीय पक्षका २० सेना मारिएका भारतिय सेनाले पुष्टि गरे्को छ।

मृतक २० जना सैनिकहरुमध्ये कर्णेल वि सन्तोष बाबु, हवलदार पटनी र जवान कुन्दन ओझा गरी ३ जनाको सनाखत भएको छ । झडपका क्रममा घाईते १७ सैनिकको मृत्यु भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय रक्षामन्त्री राजनाथ सिंह, विदेशमन्त्री एस जयशंकर र चीफ अफ डीफेन्स स्टाफ सहित सेनाध्यक्ष सहित उच्च सुरक्षा अधिकारीहरुसँग वैठक समेत गरेका छन्। उक्त घटनालाई लिएर प्रधानमन्त्री मोदी चिन्तित रहेको बुझिएको छ ।

पूर्वी लद्धाखको गल्वान क्षेत्रमा झडप भएको बताइएको छ। दुई देशका सैन्य अधिकारीहरुबीच वार्ता भएको राती नै यो हिंसात्मक झडप भएको हो। चीनले सिमा नाघेर भारतिय फौजले आफ्ना सेना माथि अचानक आक्रमण गरेको आरोप पनि लगाएका छन् । त्यसैगरी चीनले सो क्षेत्रको ३८ हजार वर्ग किमि भू–भाग मिचेको आरोप भारतीय पक्षले लगाउँदै आएको छ ।

दुई देश युद्धको अवस्थामा रहेपनि कुटनीतिक र सैन्य अधिकारीहरुको वार्ताको माध्यमबाट सीमाको विवाद सुल्झाउन लागिरहेको बेला यो हिंसात्मक झडप भएको हो।

भारतीय सेनाले मृतकका आफन्तलाई उनीहरुको मृत्युको बारेमा जानकारी दिएपछि उनीहरुको विवरण सार्वजनिक गरेको हो। चीनले भने भारतले सीमामा उक्साएपछि झडपको स्थित सिर्जना भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्