‘मनभरि कोभिडको त्रास बोकेर कसरी यौन सम्पर्क गर्ने, सम्भवै छैन !’



(साइकलजी टुडे)

सामाजिक दुरी कायम गराउने गरी आएको कोरोना भाइरसका बेला वयस्कहरुको जीवनमा यौन क्रियाकलापमा ४४ प्रतिशत र रोमान्टिक गतिविधिमा ३० प्रतिशतले कमी आएको एक सर्वेक्षणले देखाएको छ । अमेरिकाको हार्डबर्ड युुनिभर्सिटीका पूर्व प्राध्यापक डा. जस्टिन जे लेहमिलरले साइकलजी टुडेमा प्रकाशित गरेको एक अनुसन्धानमूलक आलेखमा जनाइएअनुसार सर्वेक्षणमा सहभागीमध्ये अधिकांशले यौन तथा शारीरिक प्रेम जीवनमा कोभिड–१९ ले असर पारेको जानकारी गराएका छन् ।

तर, केहीको यौन तथा प्रेम जीवनमा सक्रियता बढेको पनि सर्वेक्षणले देखाएको छ । यद्यपि यस प्रकारको जबाफ दिने सहभागी भने न्यून छन्, १४ प्रतिशतले यौन सम्पर्कको मात्रा बढेको बताएका छन् भने २३ प्रतिशतले शारीरिक प्रेमका लागि अझ बढी उपयुक्त ठाउँ पाएको जनाएका छन् ।

‘लकडाउनका कारण घरै बस्नुप¥यो, अरु काममा जान काम नै बन्द भएको छ, यसैले पनि अलि बढी नै यौन सम्पर्क भएको हो’ उनीहरुमध्ये अधिकांशको जबाफ छ । यद्यपि कुल सहभागीमध्ये अधिकांशको भनाइ भने, ‘मनभरि कोभिडको त्रास बोकेर कसरी यौन सम्पर्क गर्ने, सम्भवै छैन’ रहेको छ ।

डा. लेहमिलरले कोभिडको त्रासका बाबजुद यौन सक्रियता बढाउन दिएका मध्ये तीन उपाय उपयोगी देखिन्छन् । यौन सम्पर्कका लागि नयाँ वातावरण बनाउने, ओछ्यानका खेलहरुमा नयाँपन ल्याउने उनको सुझाव छ । ‘ताजा, नयाँ, रोचक र उत्साहजनक विधिले तपाईंको मरेको जाँगर पनि पलाएर आउँछ’ उनी लेख्छन् ।

डा. लेहमिलरले दिएको अर्को सुझाव हो कोरोना भाइरसको धङधङीलाई दिमागबाट हटाउने । मनलाई निर्देश गर्ने दिमागमा कोरोनाको हालीमुहाली रहेसम्म त्यसमा कामवासना जागृत हुँदैन, चिन्ता व्यवस्थापन गर्नुहोस् र प्रेम चाहना उमार्नुहोस्’ उनले लेखेका छन् ।

तेस्रो उपायमा घरमै डान्स बार बनाएर रोमान्स गर्ने उपाय उनले सझाएका छन् । बाहिर रात्री क्लब र डान्सबार नभएको अवस्थामा प्रणयमय वातावरण घरमै बनाउनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्