भारत-चीन भिडन्तमा गोली चलेको थिएन



  • श्रीनगर,एजेन्सी

काश्मिर-लद्धाखको सामरिक दृष्टकोणले महत्वपूर्ण गलवान घाँटीमा सोमबार राति दुई तीन घन्टा सम्म भएको भिडन्तमा कुनै गोली भने नचलेको भारतीय सैनिक सुत्रले जनाएको छ ।

यहाँको नियन्त्रण रेखामा ४० वर्षपछि पहिलो पटक भारतिय सैनिकको ज्यान गएको बताइएको छ । राति दुई पक्षबिच ढुंगामुढा हानहान भएको बुझिएको छ ।

मारिने एक कर्णेल दर्जाका अधिकृत र दुई जवानको पहिचान सार्वजनिक गरिएको छैन । सम्बन्धित परिवारलाई पनि केहि जानकारी दिइएको छैन । प्रधानमन्त्री नरेन्द« मोदी र रक्षामन्त्री राजनाथ सिंहलाई घटनाको विस्तृत जानकारी दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्