लेभान्टे र सेभियाले अंक बाँडे



लन्डन, एजेन्सी ।

स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको लेभान्टे र सेभियाबीचको खेल १/१ गोलको बराबरीमा टुङ्गिएपछि दुवै टोलीले समान अंक बाँडेका छन् ।

लेभान्टेको मैदानमा भएको खेलको ८७औं मिनेटमा घरेलु टोलीका जर्ज मिरामोनले बराबरी गोल फर्काएपछि सेभिया अंक बाँड्न बाध्य बन्यो । त्यसअघि खेलको पहिलो हाफ गोलरहित बनेको थियो । दोस्रो हाफ सुरु भएको केही सेकण्डमै लुक डि जोङले गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए । बराबरीसँगै सेभियाले ५१ अंक जोड्दा लेभान्टे भने ३५ अंकसहित १२औं स्थानमा छ ।

सोमबार राति नै भएको रियल बेटिस र ग्रानाडाबीचको खेल पनि भने २–२ गोलको बराबरीमा टुङ्गिएको छ । उक्त नतिजापछि ग्रानाडा ४२ अंकसहित आठौं स्थानमा रहँदा ३४ अंक जोडेको रियल बेटिस भने १३औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्