एन्फाको आपत्कालिन समिति बैठक आज बस्ने



न्युज अफ नेपाल, काठमाडौँ ।

अखिल नेपाल फुटबल संघ एन्फाको आपतकालिन समितिको बैठक आज बस्दैछ ।

यसअघि सोमबार डाकिएको बैठक वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ सहभागी हुन नसकेपछि आजका लागि स्थगित गरिएको हो । आपतकालिन समितिमा ५ जना उपाध्यक्ष अनिवार्य उपस्थित भएर निर्णय गर्नुपर्ने प्रावधान रहेको छ । सोमबार नेम्वाङ उपस्थित नभएपछि अन्य चारजना बैठकमा सहभागी भएर अनौपचारिक छलफल गरेका थिए ।

आज दिउँसो २ बजे हुने भनिएको आपतकालिन बैठकमा वरिष्ठ उपाध्यक्ष नेम्वाङ स्वास्थ्यका कारण जुम मार्फत सहभागी गराउने तयारी गरिएको छ । आपतकालिन बैठकका ४ वटा मुख्य एजेण्डाहरु छन् । मानार्थ अध्यक्षमा टासी घलेलाई पुनः मनोनित गर्ने, भक्तपुर जिल्ला संघका विषय, कोरोना प्रभावितलाई दिने राहत सम्बन्धमा र विविध एजेण्डाहरु तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्