राष्ट्रपति ट्रम्पले खेल नहेर्ने



न्युयोर्क, (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेसनल फुटबल लिग (एनएफएल) या अमेरिकी सकर टोलीका खेलाडीले राष्ट्रिय गानमा नउभिए ती खेल नहेर्ने बताएका छन् ।

एनएफएलले गत साता भनेको थियो कि खेलाडीहरुलाई राष्ट्रिय गानको समयमा विरोध गर्न पाउने अनुमति छ । एनएफएलले खेलाडीको कुरा नसन्नु गलत भएको समेत बताएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रिय गानको समयमा घुँडा टेकिरहनुको विरोध गरेका छन् ।

उनले यस्तो गर्ने खेलाडी वा जो कोही छन् उनीहरुलाई बर्खास्त वा प्रतिबन्ध गर्न आदेश दिएका छन् । उनले भने—एनएफएलले सोही दिशामा जान्छ भने मैले खेल हेर्न सकिँदैन । यो भनेको राष्ट्र र झण्डालाई बेइज्जत गर्नु हो ।

रिपब्लिकनका म्याट गाइट्जले अमेरिकी फुटवलको निर्णयको आलोचना गरेका थिए । अमेरिकी फुटवलले गत बिहीबार खेलाडीलाई राष्ट्रिय गान दौरान घुँडा टेकिरहन पाउने निर्णय लिएको थियो ।

जबकी यसअघि एनएफएल र अमेरिकी फुटवलले घुँडा टेक्न प्रतिबन्ध लगाएको थियो । अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोएडलाई एक श्वेत प्रहरीले घुँडा टेकेर मारेको विरोध जनाउन एनएफएल र अमेरिकी फुटवलले अनुमति प्रदान गरेका छन् ।

तर अमेरिकामा राष्ट्रिय गान बजिरहँदा घुँडा टेकेर विरोध जनाउने यो घटना अगाडिदेखि नै प्रचलन शुरु भइसकेको छ । सन् २०१६ मा अमेरिकी फुटबल महिला खेलाडी मेगान रापीनोइले पहिलो पटक घुँडा टेकेर विरोध गरेकी थिइन् ।

सोही वर्ष सान फ्रान्सिस्कोका पूर्व खेलाडी काइपेरनिकले पनि घुँडा टेकेर विरोध गरेका थिए । एनएफएलले मे २०१८मा राष्ट्रिय गान दौरान घुँडा टेक्नेमा प्रतिबन्ध लगाउन कोसिस गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्