उपाधिका लागि युभेन्ट्स र नेपाेली भिड्ने



न्युज अफ नेपाल,काठमाडाैँ ।

इटालियन घरेलु प्रतियोगिता कोपा इटालिया फुटबलको उपाधिका लागि युभेन्ट्स र नेपाेली भिड्ने भएका छन् ।

आइतबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलको दोस्रो लेगको खेलमा सिरी ए टिम नेपोलीले इन्टर मिलानसँग १–१ को बराबरी खेलेपनि समग्रमा २–१ को अग्रता बनाउँदै फाइनलमा प्रवेश गरेको हो ।

नेपोलीले आफ्नो घरेलु मैदानमा भएको दोस्रो लेगको खेल १–१ को बराबरी खेले पनि समग्रमा इन्टरलाई २–१ ले पछि पारेको हो । यसअघिको पहिलो लेगमा नेपोली १–० गोलअन्तरले विजयी भएको थियो ।

आइतबारको खेलमा नेपोलीको तर्फबाट मर्टेन्सले गोल गर्दा इन्टरका लागि क्रिस्टियन इरिक्सनले बराबरी गोल फर्काएका थिए । फाइनल प्रवेशसँगै नेपालीले युभेन्ट्ससँग उपाधिका लागि भेट पक्का गरेको छ ।

यसअघि शनिबार बिहान मात्र युभेन्ट्सले पनि एसी मिलानलाई अवे गोलको आधारमा हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्