टी २० विश्वकप हुने संभावना



मेलबर्न, (एजेन्सी) ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार कोरोना भाइरस प्रतिबन्धलाई थप खुकुलो गर्ने घोषणासँगैं टी २० विश्वकप हुने संभावना भएको छ ।

प्रधानमन्त्री मोरिसनले ४० हजार दर्शकको क्षमता भएको रंगशालाहरुलाई अर्को महिनादेखि १० हजार दर्शक राखेर प्रतियोगिता आयोजना गर्ने अनुमति दिएका हुन् । यसले अक्टोबर–नोभेम्बरमा टी २० विश्वकप आयोजना गर्ने सम्भावना बढेको हो । त्यसपछि डिसेम्बरदेखि अष्ट्रेलियामा भारतविरुद्ध टेस्ट श्रृंखला पनि हुने सामेल रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेद परिषद्(आईसीसी) ले अर्को महिना विश्वकपको भाग्य निर्धारण गर्नेछ । १६ टोलीको सहभागिता हुने टी २० विश्वकप कोभिड १९ मारामारीको कारण हुने नहुनेमा द्विविधा रहेको छ । राष्ट्रिय क्याबिनेटको बैठकपछि अस्टे«लियाका प्रधानमन्त्रीले खेल, कन्सर्ट र महोत्सव जस्तो कार्यक्रममा लकडाउन खुकुलो गर्ने निर्णय लिएका हुन् ।

प्रधानमन्त्री मोरिसनले रंगशाला वा खेल स्थल कुनै पनि महोत्सवको स्थल क्षमताको २५ प्रतिशत सीट भर्न पाइने बताएका हुन् । उनले राज्यका ती ४० हजार क्षमता भएका रंगशालाहरुमा १० हजार दर्शक मात्रै प्रवेश गर्न पाउने बताए । यसले गर्दा मेलबर्न क्रिकेट ग्राउन्ड, सिड्नी क्रिकेट ग्राउन्ड र एडिलेड ओभलमा खेल हुने छैन ।

प्रधानमन्त्री मोरिसनले ठूला रंगशालाका लागि राज्यका मुख्य स्वास्थ्य अधिकारीसँग परामर्श गरेर काम गर्ने बताए । उनले बताए कि देशभरिमा मुख्य स्वास्थ्य अधिकारीहरुको सहयोगबाट यी स्थलहरुका लागि नियमहरु बनाउन गइरहेका छन् । अस्टे«लिया कोभिड १९ महामारीबाट कम प्रभावित भएको देशमध्ये एक हो । त्यहाँ अहिलेसम्म ७ हजार भन्दा बढी संक्रमणको मामिला अगाडि आएको छ ।

प्रतिक्रिया दिनुहोस्