बाहिर खाना खान जाँदा घरमा चोरी



मिलान, (एजेन्सी)
विश्वभरमा फुटबलको क्रेज निकै रहेकोमा कुनै शंका छैन । लियोनेल मेसी जस्तो सुपरस्टारदेखि क्लियन एम्बाप्पे जस्ता उदीयमान सुपरस्टारका करोडौं समर्थक छन् । तर खेलाडीहरुका श्रीमती वा प्रेमिकाहरु तथा खेल पत्रकारहरु पनि उनीहरु भन्दा कम छैनन् । स्पोर्टस् पर्सनालिटीको कुरा आउँदा उनीहरुको समर्थक पनि लाखौ लाखौ छन् ।

यस्तैमा इटालीका खेल पत्रकार डीलेटा लेओटा फुटबल जगतमा चर्चामा आएकी छन् । उनको घरबाट १ लाख ३३ हजार पाउन्ड बराबरको चोरी भएको छ । यो नेपाली रुपियाँमा करिब डेढ करोड भन्दा बढी हुनआउँछ ।

रिपोर्टको अनुसार डीलेटाको घरमा तब चोरी भयो जब उनी घरमा थिएनन् । उनी त्यतिबेला नजिककै रेस्टुरान्टमा खाना खान गएकी थिइन् । उनको घरबाट चोरी भएको सामानमा ८ वटा रोलेक्स कम्पनीका घडी, गहनाहरु र नगद रहेका छन् । त्यहाँका प्रहरी प्रसासन यस मामिलाको जाँचमा जुटेको छ ।

डीलेटा को हुन ?
२८ वर्षीया डीलेटा इटाली डाजन (डीएजेडएन) च्यानेलकी स्पोर्टस् एंकर हुन् । उनी इटालीका लोकप्रिय व्यक्तिहरुमध्ये एक हुन् । इन्स्टाग्राममा डायल्टालाई ६५ लाख युजर्सले फ्लो गर्छन् । उनले सन् २००९ मा मिस इटाली प्रतिस्पर्धामा मिस एलिगेंट उपाधि जितेकी थिइन् ।

डीलेटाले एक पटक प्रशंसकहरुबाट नराम्रो क्षणको सामना गर्नु परेको थियो । इटालियन सिरी ए अन्तर्गत् सान पाउलो रंगशालामा नापोली र बे्रसियाबीचको खेलमा उनीसँग नराम्रो घटना भएको थियो ।

डीलेटाले सो खेलका लागि एंकरिङ गर्न जाँदा उनलाई नापोलीका समर्थकले टिशर्ट फुकाल्न भनेका थिए । उनी फुटबलका ठूलै प्रशंसक समेत हुन्।

प्रतिक्रिया दिनुहोस्