को हुन् त मेसीका पनि आईडल !



न्युज अफ नेपाल, काठमाडौँ ।

विश्व फुटबल इतिहासमा सर्वाधिक ६/६ पटक फिफा वर्ष खेलाडी र ुब्यालोन डे ओरु अवार्ड जित्ने एक मात्र फुटबलर हुन् लियोनल मेसी । अर्जेन्टिना र स्पेनिस ला लिगा क्लब बार्सिलोनाका कप्तान मेसी विश्वभरका अधिकांश खेलप्रेमीहरुको आईडलु अर्थात् आदर्श व्यक्ति पनि हुन् । तर, यिनै बहुसंख्यकको आईडलले पनि कसलाई आफ्नो आईडल मानेका होलान् त भन्ने कुरा कौतुहलको विषय हुनसक्छ ।

यसै सन्दर्भमा मेसीले केही वर्ष अघि अन्तराष्ट्रिय मिडिया ुसकर स्टोरिजु लाई दिएको एक अन्तरवार्तामा आफ्नो आईडलको बारेमा खुलासा गरेका थिए । जसमा उनले तीन पूर्व फुटबलरुको नाम लिएका थिए । उनले आफ्नै देशका महान् खेलाडी डिएगो म्याराडोना तथा पाब्लो एइमार र बार्सिलोनाबाट कुनैबेला आफूसँगै खेलेका ब्राजिलियन स्टार रोनाल्डिन्होलाई आफ्नो आदर्श व्यक्ति बताएका थिए ।

सन् २०१० को दक्षिण अफ्रिकामा सम्पन्न फिफा विश्वकपमा अर्जेन्टिनी टिमका मुख्य प्रशिक्षक डिएगो म्याराडोनाबाट धेरै कुरा सिक्ने अवसर पाएको उनले बताएका छन् । उक्त विश्वकपमा जर्मनीसँग फराकिलो गोलअन्तरले पराजित भएर प्रतियोगिताबाट बाहिरिएपछि म्याराडोनाले मेसीको पनि आलोचना गर्न बाँकी राखेनन् । तर, उक्त घटनापछि पनि म्याराडोनाप्रतिको सम्मानमा कुनै कमी नआएको मेसीले बताएका छन् । उनले भने,(ू फुटबल इतिहासमा म्याराडोना सधैं सम्मानजनक नामको रूपमा लिइन्छ । उनको निजी जीवन भन्दापनि उनले फुटबलमा गरेको योगदान मेरो प्रेरणाको स्रोत बनेको छ ।

त्यस्तै उनले डेढ दशकअघि बार्सिलोनाबाट डेब्यु गर्दा कलात्मक खेल कौशलका कारण विश्वभर चर्चा बटुलेका रोनाल्डिन्होबाट पनि निकै प्रभावित भएको बताए । एउटै क्लबबाट प्रशिक्षण र प्रतियोगितामा खेल्दा रोनाल्डिन्होको बल ड्रिब्लिङ्ग गर्ने कौशलबाट धेरै कुरा सिक्न पाएको उनले बताए । रोनाल्डिन्होको पासमा बार्सिलोनाबाट करियरकै पहिलो गोल गरेको क्षणलाई उनले अविष्मरणीय भनेका छन् ।

आदर्श ब्यक्तिको प्रसंगमा उनले लिएको तेस्रो नाम हुन् पाब्लो एेइमार । म्याराडोना र रोनाल्डिन्होको तुलनामा एइमार कम चर्चित छन् । म्याराडोना र रोनाल्डिन्हो फिफा विश्वकप विजेता टोलीका महत्वपूर्ण सदस्य हुन् भने एइमारले त्यस्तो उपलब्धिको अनुभव गर्न पाएका छैनन् । तर, सन् २००६ को फिफा विश्वकपमा अर्जेन्टिनाको राष्ट्रिय टोलीका सह(खेलाडी एइमारको टेक्निक र टाइमिङ्गबाट भने आफू प्रभावित भएको मेसीले बताएका छन् । अर्जेन्टिनाको राष्ट्रिय टिम र रिभर प्लेट क्लब तथा स्पेनको भ्यालेन्सियाबाट खेलेका एइमारको खेल्ने शैलीबाट धेरै कुरा सिक्न पाएको उनले भनेका छन् ।

मेसीले आफ्नो फुटबल करियरलाई अहिलेको उँचाईमा पुर्‍याउन आफ्ना तीन जना आइडलहरुको ठूलो देन रहेको बताएका छन् । निःसन्देह वर्तमान विश्व फुटबलमा मेसी सर्वोत्कृष्ट खेलाडी हुन् । तर, म्याराडोना र रोनाल्डिन्होको सफलतालाई भने उनले अझै आत्मसात गर्न सकेका छैनन् । एकपछि अर्को किर्तिमानको ओइरो लगाएका उनले फुटबलकै सर्वोच्च ट्रफी फिफा विश्वकप भने अझै छुन पाएका छैन ।

उक्त ट्रफी उचाल्न सम्भवतः कतार विश्वकप उनको लागि अर्को एउटा अवसर बन्न सक्छ । यदि ढल्कँदो उमेरसँगै उनले अहिलेकै गतिमा फुटबललाई निरन्तरता दिने हो भने विश्वकप नजित्ने सर्वकालीन महान् खेलाडीको सूचीबाट मेसीले आफ्नो नाम हटाउनेमा आशा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्