सचिनलाई आउट गरेपछि ज्यान मार्ने धम्की



लन्डन, (एजेन्सी)
इंल्यान्डका तीव्र गतिका बलर टिम ब्रेस्ननले सचिन तेन्दुलकरलाई आउट गरेकोबारे खुलासा गरेका छन् ।
ब्रेस्ननका अनुसार २०११ को ओभल टेस्टमा सयौं टेस्ट शतक बनाउनुअगाडि आउट भएपछि उनलाई र अस्ट्रेलियाई अम्पायर रोड टकरलाई ज्यान मार्ने धम्की दिइयो ।

उनले भने कि सचिन ओभल टेस्टको चौथो इनिङमा ९१ रन बनाएर खेलिरहेका थिए । त्यसपछि अम्पायर टकरले सचिनलाई उनको बलमा एलबीडब्ल्यू आउट दिएका थिए ।

बे्रस्ननले अंग्रेजी काउन्टी क्लब योर्कशायरको पोडकास्टमा भनेका थिए– ‘बल लेग स्टम्पबाट बाहिर गइरहेको थियो र अस्ट्रेलियाई अम्पायर टकरले सचिनलाई आउटको निर्णय दिए। उनी ९१ रनमा खेलिरहेका थिए र यदि आउट नभएको भए शतक पनि पूरा गर्ने थिए। हामीले भारतको विरूद्ध त्यो शृंखला जित्यौं र विश्वको नम्बर एक टिम बन्यौं ।’

ट्विटरमा मार्ने धम्की
बे्रस्ननले भने– ‘यो घटनापछि मात्र हामी दुवै (अम्पायर र म)लाई मार्ने धम्की दिइयो। मैले ट्विटरमा धम्कीहरू पाएँ र अम्पायर टकरलाई उनको घरको ठेगानामा धम्कीका पत्र आयो । ज्यान मार्ने धम्कीका साथ लेखिएको थियो कि तिमीले उसलाई कसरी आउट दियौ? जबकि बल सचिनको खुट्टाको छेउ लागेर गइरहेको थियो ।’

यो घटनापछि अम्पायर टकरले डराएर आफ्नो सुरक्षा बढाउनुपरेको ब्रेस्ननले बताएका थिए । उनले भने– ‘केही महिनापछि उनीसँग मेरो भेट भयो । उनले बताए कि मित्र, मलाई सुरक्षाकर्मी राख्नुप¥यो ।’ अस्टे«लियाको उनको घर वरिपरि प्रहरीहरूको तैनाथ राखिएको थियो ।

भारतीय लिटिल मास्टर सचिनले सन् २०११ को विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा ९९औं अन्तर्राष्ट्रिय शतक बनाएका थिए । यसपछि उनले करियरको सयौं शतक लगाउन एक वर्ष कुर्नुपरेको थियो । सन् २०१२ मा एसिया कपअन्तर्गत बंगलादेशविरुद्ध खेलमा उनले शतकीय इनिङ खेलेर शतकहरूको शतक पूरा गरेका थिए ।

उनले १ सय १४ रन बनाएका थिए । सचिन १ टेस्ट र वानडेमा गरेर १ सय शतक प्रहार गर्ने विश्वकै एक मात्र ब्याटस्म्यान हुन् । उनले टेस्टमा १५ हजार ९ सय २१ रन र वानडेमा १८ हजार ४ सय २६ रन बनाएका छन् । उनको टेस्टमा ५१ शतक र वानडेमा ४९ शतक प्रहार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्