नाडालले कोरोना अन्त्य नभएसम्म टेनिस नखेल्ने



वासिङ्टन, एजेन्सी ।

विश्व टेनिस वरियताका दोस्रो स्थानमा रहेको खेलाडी राफेल नाडालले कोरोना भाइरस महामारी अन्त्य नभएसम्म टेनिस प्रतियोगितामा नखेल्ने निर्णय गरेका छन् । चार पटकका युएस ओपन विजेता नाडालले युएस ओपनको मिति नजिकिँदै जाँदा यस्तो निर्णय गरेका हुन् । युएस ओपन अगष्ट ३१ देखि शुरु हुन गइरहेको छ ।

अमेरिकामा कोरानाकाे संक्रमितको संख्या सबैभन्दा बढी रहेको छ । नाडालले अगस्टको पहिलो सातासम्म पनि कोरोनो महामारी कायमै रहे युएस ओपनमा सहभागी नहुने बताएका छन् । उनले यस्तो अवस्थामा खेलहरु शुरु गर्न नहुने पनि बताए ।

१९ पटकका ग्रान्ड स्ल्याम विजेता नाडालले भने,-“जबसम्म कोरोनाको प्रभाव अन्त्य हुदैन तब सम्म खेल शुरु गर्न हुँदैन । सबैभन्दा ठूलो भनेको खेलाडीको स्वास्थ्य हो । यदि अहिले तपाईले मलाई युएस ओपन खेल्ने हो भनेर सोध्नुहुन्छ भने म सिधैं नखेल्ने भन्छु ।”

युएस ओपन हालसम्म तोकिएकै मितिमा गर्ने भनिए पनि संक्रमणका कारण सर्ने वा निर्धारित मितिमै हुने भन्ने टुंगो लाग्न सकेको छैन । अमेरिकामा कोरोना संक्रमित संख्या २० लाखको हाराहारीमा पुगिसकेको र १ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्