कोनोर म्याकग्रेगरद्वारा सन्यास घोषणा



लन्डन, एजेन्सी ।

मिक्स्ड मार्सल आर्ट्स (एमएमए) का विश्व चर्चित आइरिस फाइटर कोनोर म्याकग्रेगरले युएफसीबाट आइतबार सन्यासको लिएको घोषणा गरेका छन् ।

योसमेत ३१ वर्षीय कोनोरले तेस्रो पटक सन्यास लिएको घोषणा गरेका हुन् । पछिल्लो चार बर्षमा उनले तेस्रो पटक सन्यासको घोषणा गरेका हुन् । म्याकग्रेगरले “मैले फाइटबाट सन्यास लिने निर्णय गरेको छु । म सबैलाई धन्यवाद दिन चाहन्छु,” भनेर आइतबार ट्वीट गरेका छन् । यसअघि दुई पटक सन्यास लिएको घोषणा गरेका उनी पुनः रिङ्ग ९अक्टागन० मा फर्केका थिए। यसअघि उनले २०१६ र २०१९ मा पनि सन्यासको घोषणा गरेका थिए ।

फेदरवेट र लाइटवेट गरी दुईवटा तौल समूहका युएफसी च्याम्पियन म्याकग्रेगरले खेलेको २६ एमएमए फाइटमध्ये २२ मा जित हात पारेका छन् । जनवरी २०२० मा लास भेगासमा भएको पछिल्लो फाइटमा उनले अमेरिकी फाइटर ड्यानिएल काउबोय सरोनलाई हराएका थिए ।

म्याकग्रेगरले एमएमएका साथै सन् २०१७ मा बक्सिङ्गमा पनि जम्ने प्रयास गरेका थिए । उनले पाँच पटकका बिश्व बिजेता तथा अपराजित अमेरिकी मुक्केबाज फ्लोएड मेवेदरसँग रिङ्गमा भिडेका थिए । उक्त खेलमा मेवेदर बिजयी भएका थिए । म्याकग्रेगर फेदरवेट र लाइटवेटको उपाधि एकै समयमा जित्ने एक मात्र खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्