जर्जको किरियामा मेवेदरको साढे अठासी हजार डलर



 वासिङ्टन, एजेन्सी ।

अपराजित पुर्व हेभिवेट बक्सिङ च्याम्पियन फ्लोएड मेवेदरले गत हप्ता अमेरिकाको मिनियापोलिस शहरमा प्रहरीको ज्यादतीका कारण ज्यान गुमाएका ४६ बर्षीय जर्ज फ्लोएडको अन्तिम संस्कारको लागि ८८ हजार ५ सय डलर खर्च सहयोग गरेको छ ।

इंग्लिस मिडिया डेलिमेलले मेवेदरले फ्लोयडको अन्तिम संस्कारका लागि उक्त रकम बराबरको चेक प्रदान गरेको जनाएकाे उल्लेख गरेको छ ।

मेवेदरले हाउस्टनस्थित रोबर्ट स्वेरिङटन फाेर्ट बेन्ड मेमोरियल प्लानिङ सेन्टरमार्फत उक्त चेक प्रदान गरेको बताइएको छ । हिजो मात्र जर्जको परिवारले मेवेदरको किरियामा लाग्ने सम्पुर्ण खर्च ब्यहोर्ने प्रस्ताव स्वीकारेका थिए ।

अन्त्येष्टि जुन ९ मा हाउस्टनमा गरिने जर्जका पारिवारिक वकिलले सोमबार जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्