भारतमा लकडाउन एक महिना थपियो, केही ठाउँमा भने सर्तसहित खुल्ने



न्युज अफ नेपाल,काठमाडौं।

कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै छिमेकी राष्ट्र भारत सरकारले जारी लकडाउनलाई थप १ महिना लम्ब्याउने निर्णय गरेको छ । शनिबार भारतीय गृह मन्त्रालयले आगामी जुन ३० सम्म लकडाउनलाई जारी राख्ने निर्णय गरेको हो ।

तर, कोरोना संक्रमण नदेखिएको ठाउँमा भने लकडाउन विभिन्न सर्तसहित खुकुलो बनाउने निर्णय पनि गरिएको जानकारी गराइएको छ । भारतमा चौथो चरणको लकडाउन भोलि मे ३१ (आइतबार) सकिदैछ

पछिल्लो समय भारत सरकारले कोरोना संक्रमणको अवस्था हेरेर विभिन्न गतिविधिहरुमा छुट दिदै आएको छ । कोरोना संक्रमण नभेटिएका क्षेत्रहरुमा चरणबद्ध सबै गतिविधिहरु सूचारु गरिने जानकारी गराइएको छ ।

हालसम्म भारतमा कोरोना संक्रमितहरुको संख्या १ लाख ७५ हजार ९५७ पुगेको छ । जसमध्ये ४ हजार ९ सय ९६ जना संक्रमितहरुको ज्यान गइसकेको छ । त्यस्तै, ८३ हजार ८७८ जना संक्रमितहरु निको भइसका छन् ।

प्रतिक्रिया दिनुहोस्