रियल मेड्रिड सर्वाधिक धनी युरोपियन फुटबल क्लब



लन्डन, एजेन्सी ।

रियल मेड्रिड यस वर्ष युरोपकै सर्वाधिक धनी फुटबल क्लब बनेको छ । युरोपेली फुटबलको सर्वेक्षण संस्था केपीएमजीले जारी गरेको यस वर्षको सर्वाधिक धनी युरोपियन क्लबको पहिलो स्थानमा स्पेनिस क्लब रियल मेड्रिड रहेको जनाएको छ ।

यस वर्ष रियलको भ्यालु दुई दशमलव नौ पाँच बिलियन पाउण्ड रहेको इंग्लिश सञ्चार माध्यम डेलिमेलमा उल्लेख गरिएको छ । यसपटक पछिल्लो बर्षभन्दा रियलको कुल भ्यालुमा एक दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो ।

उक्त सूचीको दोस्रो स्थान इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यानचेस्टर युनाइटेडले ओगटेको छ । युनाइटेडको भ्यालु पछिल्लो १२ महिनामा दुई प्रतिशतले घटेको छ । तर, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड इंग्ल्यान्डको धनी क्लबको सूचीमा भने शिर्ष स्थानमा फर्किएको छ ।

क्लबको कुल भ्यालु दुई दशमलव आठ चार बिलियन रहेको छ । धनी क्लवको सूचीको तेस्रो स्थानमा बार्सिलोना रहेको छ । बार्सिलोनाको कुल भ्यालु दुई दशलमव सात एक बिलियन पाउण्ड रहेको छ । पछिल्लो १२ महिनामा बार्सिलोनाको भ्यालुमा १२ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।

चौथो स्थानमा जर्मन क्लब बार्यन म्यूनिख रहेको छ । गत वर्ष भन्दा एक स्थान तल झरेको बार्यनको कुल भ्यालु दुई दशमलव चार चार बिलियन पाउण्ड रहेको छ ।

पछिल्लो १२ महिनामा शुन्य दशमलव चार प्रतिशतले वृद्धि भएको छ । पाँचौ स्थानमा हाल प्रिमियर लिगको शिर्ष स्थानमा रहेको लिभरपुल छ । लिभरपुलको कुल भ्यालु दुई दशमलव २६ बिलियन पाउण्ड छ ।

पछिल्लो १२ महिनामा १९ दशमलव तीन प्रतिशतले लिभरपुलको भ्यालु वृद्धि भएको छ । दुई स्थान माथि उक्लिएको लिभरपुल पाँचौ स्थानमा पुगेको छ । छैटौ स्थानमा म्यानचेस्टर सिटी, सातौं स्थानमा चेल्सी, आठौंमा टोटनह्याम, नवौंमा पीएसजी र दसौं स्थानमा आर्सेनल रहेको छ ।

सिटीको २.२१ बिलियन, चेल्सीको १.८८ बिलियन, टोटनह्यामको १.७५ बिलियन, पीएसजीको १.६२ बिलियन र आर्सेनलको १.५७ बिलियन पाउण्ड भ्यालु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्