युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड बजेट



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाल सरकारले नयाँ आर्थिक बर्ष २०७७/०७८ का लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।बिहिबारको सदनमा अर्थमन्त्री खतिवडाले खेलकुद पूर्वाधारलाई केन्द्रमा राख्दै सो बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । सो रकम अघिल्लो आर्थिक बर्षको बजेट भन्दा झण्डै ४० प्रतिशत कम हो । आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयको बजेट चालु आर्थिक वर्षको भन्दा १ अर्ब ६३ करोड रुपैयाँ कटौैती भएको छ ।

सरकारले अघिल्लो आर्थिक बर्षमै युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको थियो । त्यसअघिको आर्थिक बर्ष २०७५र७६ मा सरकारले ४ अर्ब १८ करोड रुपैयाँ बजेट मन्त्रालयलाई विनियोजन गरेको थियो ।

सरकारले अन्तराष्ट्रिय क्रिकेट मैदान, कभर्डहल र प्रादेशिक रंगशाला निर्माणमा समेत बजेट विनियोजन गरेको बताएको छ । त्यस्तै, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न राष्ट्रिय पुर्वाधार निर्माण र व्यवस्थापनका लागि रकम विनियोजन गरिएको छ ।

सरकारले कोरोनाका कारण यस वर्ष युवा तथा खेलकुद मन्त्रालयलाई १ अर्ब ६३ करोडको सिलिङ तोकेको थियो । कोरोनाको प्रभाव बढ्दै गएपछि सरकारले तोकिएको सिलिङमा समेत १५ प्रतिशत बजेट कम गर्न मन्त्रालयलाई पत्राचार गरेको थियो ।

कम्तिमा अघिल्लो आर्थिक बर्षकै बजेट खेलकुदमा राख्नुपर्ने माग गर्दै मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् ९राखेप० ले लबिङ गरेका थिए । राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुद क्षेत्रको बजेट निरुत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

नयाँ आर्थिक बर्षका लागि सरकारले संसदमा पेश गरेको बजेट आश गरिए अनुसार नरहेको भन्दै बजेटको घोषणा निराशाजनक रहेको बताए । उनले बजेटको सैद्धान्तिक बिषयसंग आफू सहमत भएपनि विनियोजन गरिएको बजेट निराशाजनक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्