दोस्रो पटक सन्यास फिर्ता लिँदै क्लाइस्टर्स



लन्डन, एजेन्सी ।

पूर्व बिश्व नम्बर एक टेनिस खेलाडी किम क्लाइस्टर्स दोस्रो पटक सन्यास फिर्ता लिँदै टेनिस कोर्टमा फर्किने भएकी छिन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ३७ बर्षीय क्लाइस्टर्स दोस्रो पटकको सन्यास पश्चात पुनः टेनिस कोर्टमा फर्किन लागेको जनाएको हो ।

उनी सन्यास अघि र सन्यास फिर्तापछि पनि विश्व नम्बर एक महिला खेलाडी बन्न सफल भएकी थिइन् ।चार पटकको ग्रान्ड स्ल्याम बिजेता क्लाइस्टर्सले सन् २००७ मा पहिलो पटक सन्यास घोषणा गरेकी थिइन् । आफ्नो पहिलो सन्तानका रुपमा छोरीलाई सन् २००८ मा जन्म दिएकी उनले २००९ सन्यास फिर्ता लिएकी थिइन् ।

आफ्नो सन्यास अघि युएस ओपन जितेकी क्लाइस्टर्सले सन्यास फिर्ता लिए पछि एक पटक अस्ट्रेलियन ओपन र दुई पटक युएस ओपनको उपाधि हात पारेकी थिइन् । उनले दोस्रो पटक सन् २०१२ मा सन्यास घोषणा गरेकी थिइन् । त्यसपछि उनले दुई छोरालाई जन्म दिएकी छन् ।

यसपटक भने क्लाइस्टर्सले युएस ओपन खेल्ने लक्ष्यक साथ कोर्टमा फर्कन लागेको बताइएको छ। तर, कोरोना भाइरसका कारण प्रतियोगिता यूएस ओपन हुने कुनै टुँगो लाग्न सकेको छैन । यसले गर्दा क्लाइस्टर्सले आफ्नो पुनरागमनका लागि कुर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्