१३ औं सागका तीन पदकधारी पाकिस्तानीको डोपिङ पोजिटिभ



न्युज अफ नेपाल, काठमाडौँ।

नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा पदक जितेका तीन जना पाकिस्तानी खेलाडीको डोपिङ रिपोर्ट पोजेटिभ आएको छ।

पाकिस्तानी सञ्चार माध्यमले जनाएअनुसार सागमा सहभागीता जनाएका तीन जना एथ्लेटिक्स खेलाडीले डोपिङ गरेको पुष्टि भएको बताएको हो । यस सम्बन्धमा पाकिस्तान एथ्लेटिक्स संघले खेलाडीको विषयमा चाँडै निर्णय गर्ने बताएको छ । संघले उनीहरुलाई नियम अनुसार कारवाही गर्ने बताएको छ । संघले खेलाडीहरुलाई तत्काल प्रतिबन्ध लगाइने र त्यस बिषयमा सोधपुछ पनि हुने जनाएको छ । अहिले उनीहरुको नाम भने खुलाइएको छैन । तर, उनीहरुलाई चार बर्षको प्रतिबन्ध लाग्नसक्ने बताइएको छ ।

उनीहरुलाई विश्व एन्टी डोपिङ निकाय वाडाको नियम अनुसार अपिलका लागि मौका भने दिइनेछ । डोपिङमा परेका खेलाडीले पाकिस्तानका लागि ट्रयाक एण्ड फिल्डमा दुई स्वर्ण पदक र एक काश्य जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्