बर्नमाउथका खेलाडी कोरोना संक्रमित



लन्डन, एजेन्सी।

इंग्लिस प्रिमियर लिग क्लब बर्नमाउथ फुटबल क्लबका एक जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।आइतबार गरिएको दोस्रो चरणको स्वास्थ्य परिक्षणमा बाउर्नमाउथका एक खेलाडीमा कोरोना संक्रमण भएको क्लबले पुष्टि गरेको हो ।

क्लबले संक्रमित खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।क्लबले संक्रमित ती खेलाडी सात दिनका लागि आइसोलेसनमा बस्ने र त्यसपछि पुनः स्वास्थ्य परिक्षण गर्ने जानकारी दिएको छ।

ईङ्गलिश प्रिमियर लिग पुनः सुचारु गर्ने योजना बनिरहँदा हिजो मात्रै दुई जनामा कोरोना फेला परेको थियो । गत मंगलबार देखि शुक्रबारसम्म क्लबहरुका ९ सय ९६ खेलाडी तथा स्टाफहरुमा गरिएको कोरोना परिक्षणमा हिजो र आज गरी तीन जना कोरोनाबाट संक्रमित भएको ईङ्गलिश प्रिमियर लिग कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्