क्रिकेटर उमरलाई कोरोना भाइरस



इस्लामाबाद, एजेन्सी।

पाकिस्तानी पुर्व क्रिकेटर तौफिक उमरलाई कोरोना भाइरस संक्रमण भएको छ । पाकिस्तानी क्रिकेट टिमका पुर्व ओपनर उमर अन्तर्राष्ट्रिय क्रिकेटमा कोरोना संक्रमण देखिएको अर्को ठूलो नाम हुन् ।

पाकिस्तानी क्रिकेट टिमका पुर्व ओपनर उमर अहिले आफ्नै घरमा सेल्फ आइसोलेसनमा रहेका छन् । यसअघि गत मार्चमा एक जना वरिष्ठ पाकिस्तानी क्रिकेटरको पनि कोरोना संक्रमणबाट निधन भएको थियो ।

सन् २००० मा पाकिस्तानी टिमको महत्वपूर्ण खेलाडी उमरले पाकिस्तानका लागि ४४ टेस्ट र २२ एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेका थिए । अन्तर्राष्ट्रिय करियरबाट सन्यास लिनुअघि उनले आफ्नो अन्तिम टेस्ट २०१४ मा न्युजिल्याण्डकाविरुद्ध खेलेका थिए ।

प्रतिक्रिया दिनुहोस्