स्वास्थ्य सामाग्री अभाव भएको खुलासा गर्ने चिकित्सकलाई मानसिक अस्पताल भर्ना गरियो



एजेन्सी । कोरोना संक्रमण बढेसँगै पीपीईसहित अन्य स्वास्थ्य सामाग्री अभाव भएको कुरा मिडियालाई जानकारी दिएको भन्दै भारतका एक प्रख्यात डाक्टरलाई मानसिक अस्पतालमा भर्ना गरिएको छ ।

अप्रिल ३ मा डाक्टर सुधाकर रावले मास्क तथा पीपीइको अभाव भएको कुरा स्थानीय मिडियामा बताएका थिए । औपचारिक उजुरी दर्ता गर्नुको सट्टा सार्वजनिक रुपमा यस्तो प्रतृक्रिया दिएर अन्य स्वास्थ्यकर्मीको मनोबल कमजोर बनाएको भन्दै सरकारले यस विषयमा छानबिन गर्न माग गरेको थियो । छानबिनको नाममा उनलाई निलम्बन गरिएको थियो ।

निलम्बनको केही दिनपछि डाक्टर राव माफी माग्दै आफ्नो निलम्बन रद्द गर्न माग गरेका थिए । तर उनको निलम्बन रद्द गर्नुको साटो अधिकारीहरुले उनलाई मानसिक अस्पताल भर्ना गराएका छन् । बिबिसीका अनुसार २० वर्षको अनुभव बोकेका एनेस्थेटिस्ट डाक्टर रावलाई शनिबार मानसिक अस्पताल लगिएको हो ।

एक भिडियोममा डाक्टर राव र पुलिसहरु दक्षिणी शहर विशाखापट्टनमको एक राजमार्गमा रहेको देखिन्छन् । उक्त भिडियोमा डाक्टर राव पुलिसहरुमाथि आफ्नो आकोस व्यक्त गर्दै चिच्याइरहको देखिएका छन् ।

अधिकारीहरूले भने उनलाई अनियन्त्रित व्यवहार गरेका कारण मानसिक अस्पताल पठाइएको बताएका छन् । तर डाक्टर रावका परिवारले भने षडयन्त्र रचेर उनलाई मानसिक अस्पतालमा पुर्याइएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्