सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


न्युज अफ नेपाल, काठमाडौं ।

सरकारको आर्थिक वर्ष २०७७ /०७८ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतबाट पारित भएको छ ।नीति तथा कार्यक्रममा सांसदहरुले उठएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि बहुमतले पारित भएको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमको विरोध गरे पनि बहुमत सदस्य पक्षमा उभिएकाले बहुमतबाट पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गर्नुभयो ।

सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुभएको हो । संसदको अर्को बैठक जेठ १३ गते बस्नेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।