च्याम्पियन्स लिगको बाँकी खेल अगस्टमा



लन्डन, एजेन्सी ।

युईएफएले च्याम्पियन्स लिग फुटबलका बाँकी खेल आगामी अगस्टमा सञ्चालनको तयारी थालेको छ । युईएफएको मे २७ तारिखमा बस्ने बैठकले अगस्टको पहिलो साताबाट च्याम्पियन्स लिग सुचारु गर्ने विषयमा छलफल गर्ने जनाइएको छ ।

जसमध्ये पहिलो खेल अगष्ट ७ मा म्यानचेस्टर सिटी र रियल मेड्रिडबीच हुने उल्लेख गरेका छन् । पहिलो लेग सिटीले २–१ ले जितेको थियो । यी दुईबीचको अन्तिम १६ को दोस्रो लेग अगष्ट ७ मा हुने जनाइएको छ ।

कोरोनाका कारण च्याम्पियन्स लिग फुटबल मार्च दोस्रो साता स्थगित भएको थियो । लिग रोकिनु अघि अन्तिम १६ मा सिटी र मेड्रिड, बार्सिलोना र नेपोली, युभेन्ट्स र लियोन, वायर्न म्युनिख र चेल्सीबीच पहिलो लेग मात्र सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्