महिला विश्वकप आयोजकको टुंगो जुनमा



ज्युरिच, एजेन्सी।

सन् २०२३ को फिफा महिला विश्वकपका लागि आयोजकको टुंगो आगामी जुनमा गर्ने निर्णय गरिएको छ। आइतबार अनलाईनबाट बसेको फिफा बैठक पश्चात फिफाले २०२३ को महिला विश्वकप आयोजकको छिनोफोनो जुन २छ तारिखमा गर्ने निर्णय गरेको हो ।

उक्त प्रतियोगिता आयोजनाका लागि ब्राजिल, कोलम्बिया, जापानका साथै अष्ट्रेलिया र न्यूजिल्याण्डको संयुक्त दावेदारीता दिएको छ । प्रतियोगिताको २९ बर्षको इतिहासमा यसपटक आयोजकको टुंगो लगाउन धेरै प्रतिस्पर्धी रहेको फिफाले जनाएको छ ।

हाल दावेदार रहेका देशमध्ये कोही पनि यसअघि महिला विश्वकप आयोजनाका लागि प्रतिस्पर्धामा उत्रिएका थिएनन् । फिफा काउन्सिलको बैठकबाट आयोजकको अन्तिम टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्