ब्रुग बन्यो बेल्जियम लिग च्याम्पियन



ब्रसेल्स, एजेन्सी ।

बेल्जियमको घरेलु फुटबल लिग क्लब ब्रुगलाई प्रथम श्रेणीको लिग च्याम्पियन घोषणा गरिएको छ ।

कोरोना भाइरसका कारण जारी सिजन रद्द गरिएपछि ब्रुगलाई लिग बिजेता बनाइएको हो । बेल्जियमको प्रो लिगले गत महिना गरिएको निर्णयलाई क्लबहरुको साधारण सभाले शुक्रबार पारित गरेको हो । ब्रुग पछिल्लो पाँच सिजनमा तेस्रो पटक च्याम्पियन बनेको हो । उपाधि बिजेताको रुपमा ब्रुगले अब सिधै च्याम्पियन्स लिगको समुह चरणमा प्रतिस्पर्धा गर्नेछ ।

कोरोना भाइरसका कारण सम्पूर्ण फुटबल गतिविधि स्थगित गर्ने बेल्जियम युरोपमा पहिलो देश थियो । यसअघि नै एक खेल बाँकी रहेको स्थितिमा ब्रुगले दोस्रो स्थानको गेन्टमाथि १७ अंकको फराकिलो अग्रता कायम गर्दै उपाधि पक्का गरिसकेको थियो ।

शुक्रबारको साधारण सभाले गेन्टलाई च्याम्पियन्स लिगको प्लेअफका लागि छनोट गरेको छ। त्यस्तै अंक तालिकाको तेस्रोदेखि पाँचौसम्म ओगट्ने चार्लेरोइ, रोयल एन्टवर्प र स्ट्यान्डर्ड लेजले युरोपा लिग खेल्ने पक्का गरेका छन् । त्यसैगरी वास्लान्ड–बेभेरनलाई भने दोस्रो श्रेणीमा रेलिगेट गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्