लकडाउनमा पेरिस पुगेर सेक्स पार्टीको आयोजना



लन्डन, (एजेन्सी) । 

प्रिमियर लिगका एक स्टार खेलाडीले लकडाउनको नियम तोडेर पेरिसतिर पुगेर सेक्स पार्टी आयोजना गरेको द सनले जनाएको छ ।

द सनको अनुसार नाम नखुलाएको खेलाडीले रेस्टुरेन्ट भाडामा लिएर केही मोडेलहरुसँग पार्टी मनाएका हुन् । उनले एक जना केटीसँग सेक्स गरेको पनि दावी गरिएको छ । १५ जना सम्मिलित उक्त पार्टीमा रेस्टुरेन्टका स्टाफले पाहुनाहरुको लागि रक्सी, बियर सर्भ गरेका थिए । विश्वमा कोरोना भाइरस महामारीको कारण युरोपका लगभग सबै देशमा भेला गर्न प्रतिबन्ध लगाएको अवस्थामा पनि सो खेलाडीले पार्टी आयोजना गरे ।

बेलायतमा प्रकाशित हुने अखबार द सन अनुसार सो पार्टीमा ड्रग डिलरको पनि उपस्थित थियो । खेलाडीमाथि आरोप पनि थियो कि उनले महिला पाहुनाको लागि रेस्टुरेन्टसम्म पुर्‍याउन टेक्सीको बन्दोबस्त गरेका थिए । फ्रेन्च सरकारको लकडाउनविरुद्ध उनीहरुले रमझम गर्न वेटरहरुसँग प्राइभेट तरिकाले रेस्टुरेन्ट भाडामा लिएका थिए । रिपोर्टले जनाएअनुसार सो खेलाडी उनको क्लबबाट प्रशिक्षणमा फर्किसकेका छन् । को खेलाडी भन्ने थाहा पाउन यसको अनुसन्धान भइरहेको पनि जनाएको छ, यदि पत्ता लागेमा सो खेलाडीमाथि कार्बाही हुनेछ ।

यसअघि पनि केही खेलाडीहरु लकडाउनको पालना नगरी पार्टीमा सम्मिलित भएका थिए । मार्चमा एस्टन भिल्लाका स्टार खेलाडी ज्याक ग्रीलीशले बर्मिङगममा पूर्व टिमसाथी रोस म्याककर्माक्सको फ्लाटमा पार्टीमा उपस्थित भएका थिए । उनले पछि मुख्र्याई कामको लागि माफी माँगेका थिए । यस्तै अप्रिलमा म्यानचेस्टर सिटीका डिफेन्डर काएल वाल्करले दुई तातो पानीमा रहेर सेक्स पार्टी गरेका थिए । उनले पछि क्लब र मेनेजर पेप गार्डियोलासँग माफी माँगेका थिए ।

अप्रिलमै एभर्टनका फरवार्ड मोइस कीनको उनको फ्लाटमा केही महिलासँग बसेको तस्वीर सार्वजनिक भएको थियो । तर उनले यस्तो गरिरहँदा लकडाउन तोडेको थाहा नभएको प्रतिक्रिया दिएका थिए । २० वर्षीय खेलाडीले अझै अंग्रेजी भाषा सिकिरहेको र लकडाउनको मतलब आफ्नै घरमा बस्नु सम्झेका थिए ।

यस्तै लकडाउनको नियम तोड्ने अर्का फुटबल स्टारमा म्यानचेस्टर युनाइटेडका डिफेन्डर मार्कोस रोजो थिए । हाल उनी अर्जेन्टिनामा एस्टुडीएन्टेस क्लबमा लोनमा रहेका छन् । ३० वर्षीय रोजोले साथीहरुसँग खेलिरहेको र स्मोकिङ गरिरहेको भिडियो सोसल मिडियामा देखिएको थियो । पछि उनका दाजु फ्रान्कोले सो भिडियो डिलेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्