बुन्डेसलिगाका खेल शनिबारदेखि सुचारु हुने



बर्लिन, एजेन्सी ।

कोरोना भाईरसका कारण गत दुई महिनादेखि स्थगित जर्मन बुन्डेसलिगाका खेलहरु शनिबारदेखि सुचारु हुने भएको छ।

गत मार्चबाट रोकिएको युरोपको ठूलो फुटबल लिग मध्येको एक जर्मन बुन्डेस लिगा भोलीबाट सूचारु हुन लागेको हो । लिगमा अब ११ चरणका खेलहरु खेल्न बाँकी रहेको छ । शनिबार पहिलो दिन बुन्डेस लिगाका ६ वटा खेलहरु हुँदैछन् । भोली लिग अन्तर्गत पहिलो खेलमा दोस्रो स्थानको डर्टमन्डले छैठौं स्थानको साल्केसँग डर्टमन्डको घरेलु मैदान सिग्नल ईडुना पार्कमा खेल्नेछ ।

बुन्डेस लिगाका सबै खेलहरु बिना दर्शक बन्द स्टेडियममा हुनेछन् । यसैबीच बुन्डेसलिगाका खेलमा क्लबहरुले एक खेलमा बढीमा ५ जना खेलाडी परिवर्तन गर्न पाउने नयाँ नियमलाई अवलम्बन गर्दैछ ।

कोरोना भाईरस महामारीका कारण खेलाडीहरुमा पर्न सक्ने तनाव कम गर्न केही समयअघि अन्तराष्ट्रिय फुटबल एशोसिएसन बोर्ड (आईएफएबी) ले फुटबलमा केही अवधिका लागि एक खेलमा एउटा टिमले ५ जनासम्म खेलाडी परिवर्तन गर्न पाउने नयाँ नियम पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्