बालोटेलीले लकडाउनमा कार्डबोर्ड खाए



मिलान, (एजेन्सी)

सिरी ए खेलाडी मारियो बालोटेलीले लकडाउनको पहिलो तीन दिन कार्डबोर्ड खाएको भन्दै ठट्टा गरेका छन् । इटालीमा लकडाउनमा रहेका बालोटेलीले यही मे १८ देखि ब्रेसिया टिम साथीसँग समूहमा प्रशिक्षण थाल्नेछन् । इटालियन लिग आगामी जुन १३ देखि पुन संचालन हुने योजना रहेको छ । मार्चको मध्यदेखि सिरी ए स्थगित भएको हो ।

लकडाउन दौरान उनी एक्लै परेका थिए । उनले बताए कि उनलाई खाना पकाउन आउँदैन । उनले बताए—शुरुको तीन दिन भित्ताको टुक्रा र कार्डबोर्ड खाइरहेको थिए । मलाई खाना पकाउन आउँदैन । पछि मैले खाना डिलिभरीबाट व्यवस्था गरेँ । मैले पछिल्लो दुई साता एक्लो अनुभव पनि गरेको थिए ।

मेरी छोरी नेपल्समा, मेरो छोरा जुरिकमा, मेरी आमा निश्चित उमेरमा हुनुहुन्छ र जरुरी छ हेरविचार गर्न, मेरा भाइका परिवार क्वारेन्टाइनमा छन्, त्यसैले म एक्लो थिए, यो एकदम कठिन समय थियो ।

म्यानचेस्टर सिटी र लिभरपुलका पूर्व खेलाडी बालोटेलीले मैदानमा पुन खेल्न शुरु गर्दा अकमकिने बताए । उनले इन्स्टाग्राममा पूर्व टिम साथी एलेसान्ड्रो माट्रीसँगको कुराकानीमा बताए—यदि तिमीले मलाई बल पास दियो भने मैले बल आफ्नो नियन्त्रणमा लिन पनि गाह«ो हुनेछ । मैले बल छोएको दुई महिना बितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्