आईओसीले ८ सय मिलियन छुट्यायो



लन्डन, (एजेन्सी)

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले टोक्यो ओलम्पिक २०२० स्थगितले गम्भीर आर्थिक नोक्सानीको असरलाई सहयोग पु¥याउन ८ सय मिलियन डलर छुट्याएको छ ।

कोभिड १९ महामारीको कारण गृष्मकालीन ओलम्पिकलाई अर्को वर्षको लागि स्थगित गर्नु परेको हो । आईओसीबाट पाउने सो रकममध्ये आयोजकहरुले ६ सय ५० मिलियन डलर पाउनेछन् । बाँकी १ सय ५० मिलियन डलर अन्तर्राष्ट्रिय स्पोर्टस् फेडेरेसन्स र ओलम्पिक कमिटीका नगद प्रवाह समस्याका लागि ऋणमा छुट्याएको छ ।

आईओसीका अध्यक्ष थोमास बाचले यसमा पनि केही कटौटी हुन सक्ने बताए । जर्मनले बताए—यो अवस्थामा सम्झौता आवश्यक छ, हरेकद्वारा त्याग गर्नुपर्दछ । हामी खेलको भावना र विशेष गरी खेलाडीका लागि खेलकुद प्रतिस्पर्धाको भावना कायम राख्दै लागत घटाउने छौ ।

बाचले अर्को वर्ष २३ जुलाईदेखि ८ अगस्टसम्म हुने ओलम्पिक यदि कोभिड १९ को खोप नपाएमा रद्द वा स्थगित गर्न भन्ने विषयमा बोल्न अस्विकार गरेका थिए । उनले भने—हामीहरु १ वर्ष र २ महिना टाढा छौ, त्यसैले अहिले नै केही भन्नु धेरै हतार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्