दर्शकको सट्टा कार्डबोर्डले भरिँदै सिटहरू



म्युनिख, (एजेन्सी)
प्रमुख युरोपेली लिगमध्ये एक जर्मनीको बुन्देसलिगा फुटबल लिग शुरू हुन लाग्दा क्लबहरूले रंगशालामा दर्शकको सट्टा कार्डबोर्डको व्यवस्था गरेका छन्। दर्शकलाई रंगशाला प्रवेशमा बन्देज लगाएपछि क्लबहरूले अर्को विकल्प खोजेका हुन्। सबैभन्दा पहिला यसको व्यवस्था गर्नेमा बोरुसिया मोन्चेन्ग्लाडबाच परेको छ।

बोरुसिया मोन्चेन्ग्लाडले समर्थकहरूको करिब १२ हजार कार्डबोर्ड काटेर रंगशालामा राख्ने तयारी गरिरहेको छ। क्लबले ५४ हजार दर्शक अट्ने बोरुसिया पार्क एरेनामा समर्थकहरूले घरबाट पठाएको तस्वीरहरूलाई सिटमा भर्दै छ। ‘स्टे एट होम, बी इन द स्ट्यान्डस्’ अभियानले फोहलेनलाई १७ पाउन्डमा तस्वीर किन्न अनुमति दिएको र नाफा च्यारिटीमा जाने बताइएको छ। सिजन टिकट होल्डरहरूले दर्शकको सिटमा कार्डबोर्ड राख्न मौका दिइएको छ।

बोरुसियाका समर्थक थोमास वेइनम्यानले समर्थकहरूले उनीहरूको टोली खेलमा फर्कन लाग्दा लोकप्रिय विचारको मागलाई निरन्तरता दिन संघर्ष गरिरहेको स्वीकार गरेका छन्। उनले बताए– ‘अभियान आयोजकहरूले नियमितरूपमा आदेशानुसार चलिरहेका छन्। हामीले ती सबैलाई स्थापना गर्न कठिनरूपमा प्रयासरत छौं। तर हामीले पाएको समर्थनमा खुसी छौं।’

हाल कोरोना भाइरसको महामारीका कारण युरोपेली लिगहरू बन्द रंगशालामा सञ्चालन गर्न लागिरहेका छन्। यसमध्ये प्रमुख युरोपेली लिगमध्ये एक बुन्देसलिगा महामारीको दौरान पुनः सञ्चालन हुनेमा पहिलो लिग हो।

भोलिबाट खेल हुने बुन्देसलिगाको शीर्ष स्थानमा बायर्न म्युनिख रहेको छ। बोरुसिया मोन्चेन्ग्लाड चौथो स्थानमा छ। टोलीले च्याम्पियन्स लिगमा स्थान बनाउन पनि कार्डबोर्डले रंगशाला भर्न लागेको पनि क्लबले जनाएको छ। यसले खेलाडीलाई ऊर्जा मिल्ने क्लबको भनाइ रहेको छ।

फ्रेन्च फरवार्ड मार्कुस थुरामले बताए– ‘जब पहिलोपटक रंगशालाभित्र प्रवेश गर्दा ३ वा ४ सेकेन्डमा उनीहरू वास्तविकता मान्छे नभएको महसुस हुनेछैन। तर दुःखद यही हो कि दर्शकबाट आउने उस्तै हल्ला भने हामीले पाउन सक्नेछैनौं। यसको बाबजुद हामीले समर्थकहरूसँगै भएको महसुस गर्नेछौं।’

बायर्न कीर्तिमानी उपाधितिर

बायर्न म्युनिख यो सिजन पुनः शुरू हुनेबित्तिकै लगातार आठौं लिग उपाधितिर अग्रसर हुनेछ। पछिल्ला सात सिजनको उपाधि जितेको बायर्न अंकतालिकामा बोरुसिया डर्टमन्ड (५१ अंक)भन्दा ४ अंकले शीर्ष स्थानमा रहेको छ।

यदि जितेमा बायर्नले लगातार आठ सिजन जर्मन लिग विजेता बन्ने कीर्तिमान रच्नेछ। २९ पटक लिग च्याम्पियन बनेको बायर्नले आइतबार ११औं स्थानमा रहेको युनियन बर्लिनसँग प्रतिस्पर्धा गर्नेछ। भोलि भने शाल्केले बोरुसिया डर्टमन्डसँग प्रतिस्पर्धा गर्नेछ। यो महामारीदौरान हुने पहिलो प्रमुख खेल हुनेछ। यसपटक बोरुसिया डर्टमन्डका युवा खेलाडी जादोन सन्चोले बायर्नलाई उपाधिबाट विमुख गराउने दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्