दक्षिण कोरियामा गल्फ सुरु



सियोल, एजेन्सी।

दक्षिण कोरियामा बिहीबारदेखि महिला प्रोफेशनल गल्फ (केएलपीजीए)सुरु भएको छ ।आजदेखि सुरु भएको यस प्रतियोगितामा विश्व वरियताका शीर्ष १० सहित अन्य १ सय ५० जना खेलाडीले सहभागिता जनाउने छन् ।

बिना दर्शक आयोजना हुन लागेको यस प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडी तथा अफिसियलहरुले स्वास्थ्य सम्बन्धी कडा निर्देशनको पालना गर्नुपर्नेछ ।दक्षिण कोरियामा यसअघि बिना दर्शक फुटबल र बेसबल लिग पनि सुचारु भइसकेको छ । कोरोना महामारीका कारण दक्षिण कोरियामा गत फेब्रुअरीदेखि गल्फका सबै गतिविधि बन्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्